बहराइनमा आईजीआरसीका लागि काम गरेको आरोपमा १५ जना पक्राउ

एजेन्सी, २१ जेठ । बहराइनले इरानी सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड क्रप्स’ (आईजीआरसी) का लागि काम गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ ।

इरानको राजधानी तेहरानले बहराइन र छिमेकी राष्ट्र कुवेतमा आक्रमण गरेको केही घण्टापछि बहराइनले यी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

बहराइनको गृह मन्त्रालयले कथित इरानी ‘सेल’ सँग जोडिएका अन्य व्यक्तिहरूको पहिचान गर्न विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ । गत फेब्रुअरीको अन्त्यदेखि इरानले बहराइनमाथि आक्रमण सुरु गरेयता त्यहाँ सुरक्षा कारबाही तीव्र पारिएको छ । यस अवधिमा तेहरानसँग मिलेमतो गरेको अभियोगमा दर्जनौँ व्यक्तिहरू पक्राउ परिसकेका छन् ।

यसअघि गत महिना मात्रै बहराइनले आईजीआरसीसँगको सहयोगमा ‘शत्रुतापूर्ण र आतंकवादी कार्य’ गरेको ठहर गर्दै नौ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । त्यस्तै, अप्रिल महिनामा इरानी आक्रमणलाई समर्थन गरेको आरोपमा ६९ जनाको नागरिकता समेत खारेज गरिएको थियो ।

बहराइनमा ठुलो सङ्ख्यामा शिया समुदायको बसोबास रहेको छ । उनीहरूले लामो समयदेखि सरकारले आफूहरूलाई राजनीतिक र आर्थिक रूपमा सीमान्तकृत गरेको आरोप लगाउँदै आएका छन् । यद्यपि, बहराइन सरकारले शिया नागरिकहरूमाथि कुनै भेदभाव नगरेको दाबी गर्दै इरानले आफ्नो देशमा अशान्ति फैलाउन भूमिका खेलिरहेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ जेठ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्रि लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ९४३ जना ऋणीहरूको

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चामा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा वडा अध्यक्ष लछुराम

काठमाडौँ, २२ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भ्रमणको विशेषता पारदर्शीता भएको बताएका छन् ।

काठमाडौँ, २२ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’को लहर धेरै