एमालेमा पुनर्संरचना र डिजिटल रूपान्तरणको आवश्यक : नेता पाण्डे

काठमाडौँ, २० जेठ । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान अवस्थालाई चुनौतीपूर्ण बताउँदै व्यापक पुनर्संरचना र डिजिटल रूपान्तरणको आवश्यकता रहेको छन् ।

आज प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले पार्टीको खस्किँदो चुनावी नतिजाले नेतृत्व र संगठन दुवैलाई गम्भीर आत्मसमीक्षाको आवश्यकता रहेको बताए । 

उनले विगतमा बलियो संसदीय उपस्थितिसहित रहेको एमाले अहिले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच र कार्यशैली आवश्यक रहेको धारणा राखे । “कतिपय निर्वाचन क्षेत्रमा पार्टी सदस्यको संख्याभन्दा कम मत प्राप्त भएको अवस्था देखिएकाले सदस्यता वितरणदेखि वडादेखि केन्द्रसम्मका कमिटी निर्माण प्रक्रियासम्म पुनरवलोकन गर्नुपर्ने आवश्यकता छ” उनले भने । यसले संगठनभित्रको कमजोरी उजागर गरेको उनको भनाइ थियो ।

उनले अबको युग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रविधिको भएको उल्लेख गर्दै एमालेलाई परम्परागत ‘फिजिकल’ संरचनाबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए । पुरानो शैलीका संगठनात्मक गतिविधिले मात्र अबको राजनीतिक प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने भन्दै प्रविधिमैत्री पार्टी निर्माणमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

पोखरा, ९ भदौ ।  गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको

जनकपुरधाम, ९ भदौ । मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका