रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता

काठमाडौँ, २० जेठ । भारतको पाँचदिने भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

बुधबार दिउँसो नयाँ दिल्लीमा भएको भेटवार्तामा भारतीय प्रधानमन्त्रीले नेपालको नयाँ सरकारसँग भारत सहकार्य गर्न तयार रहेको बताएका छन् ।

भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेटेर खुसी लाग्यो । साझा र समृद्ध भविष्यको लागि सँगै मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु ।, “हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिकतामा रहको साझेदार हो र हामी हाम्रा दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ,” । रास्वपा सभापति रवि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए । नयाँ दिल्लीमा उनले मंगलबार भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । मंगलबार उनी सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालय समेत पुगेका थिए

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको

काठमाडौँ, २० जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको

काठमाडौँ, २० जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल

काठमाडौँ, १९ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौंमा आवश्यक पर्दा कम्तीमा ५ हजार जनालाई चाहेको बेला उभ्याउन सक्ने