लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा

काठमाडौँ, २० जेठ । लुम्बिनी प्रदेश सरकारका एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । 

मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनमा मन्त्रीहरूले राजीनामा बुझाइरहेका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीले लिखित राजीनामा दिएका हुन् ।

प्रदेशमा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरी मन्त्री रहेका छन् । एमालेले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियूक्त गर्न लागेको बुझिएको छ ।

बुधबार नै नयाँ मन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरिए पनि प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर प्रदेशबाहिर रहेकाले तत्काल नियुक्ति सम्भव नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको

काठमाडौँ, २० जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको

काठमाडौँ, २० जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल

काठमाडौँ, १९ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौंमा आवश्यक पर्दा कम्तीमा ५ हजार जनालाई चाहेको बेला उभ्याउन सक्ने