काठमाडौँ, १८ जेठ । फिल्म ‘लालीबजार’को देशव्यापी कमाइ करिब ८ करोड पुगेको छ ।
चलचित्र विकास बोर्डले १६ गते शनिबार मध्यरातसम्मको सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी ७ करोड ९० लाख ३१ हजार ४६७ रुपैयाँ ग्रस छ । फिल्मले आइतबारसम्म ८ करोड १ लाख बढी व्यवसाय गरेको निर्माण युनिटले जनाएको छ ।
यम थापा निर्देशित फिल्म वादी महिलाको कथामा बनेको हो । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ लगायतको मुख्य भूमिका थियो । फिल्म वैशाख २५ गतेबाट प्रदर्शनमा आएको हो ।





