काठमाडौँ, १८ जेठ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १० हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





