स्वास्थ्यमन्त्रीद्वारा सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह

काठमाडौँ, १७ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन् ।

आज ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्दर्भमा एक सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रह गरेकी हुन् ।

उनले सन्देशमा भनेकी छन्, “सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन सक्छ, तर दृढ इच्छाशक्ति परिवारको साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्णरूपमा सम्भव छ ।” “सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भीर जनस्वास्थ्य चुनौती बनिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा करिव २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन्”, सन्देशमा भनिएको छ,“देशमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्याङ्क अत्यन्त दुःख र सबैका लागि चिन्ताको विषय हो । त्यसैले यसको लत छोड्न आग्रह छ ।”

मन्त्री मेहताले किशोर किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरू चुनौतीका रूपमा रहेका भन्दै उद्योगलाई मानव स्वास्थ्यमा गम्भीर बन्न आग्रह गरिन् । उनले सन्देशमा भनेकी छन्, “विभिन्न स्वादमा पाइने, हेर्दा आकर्षण र आधुनिक देखिने सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण बजारीकरण गर्ने काम भइरहेको छ, जसले समस्यालाई झनै गम्भीर बनाएको छ । अब यस्तो नगरौँ । सुर्तिजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्न लागौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा आएकी छन् । रोजर्स तीनदिने भ्रमणका

काठमाडौँ, १७ जेठ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री

भक्तपुर, १७ जेठ । “आपतकालमा एउटा तालिमप्राप्त हात हजार औषधिभन्दा बढी काम गर्छ”-यही भावनालाई मूर्त रूप दिँदै नेपाल रेडक्रस सोसाईटी,

काठमाडौँ, १६ जेठ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनुपर्नेमा सरकारले उल्टै विद्युत प्रयोगलाई