इरानतर्फ जाँदै गरेको मालवाहक जहाज अमेरिकी सेनाको नियन्त्रणमा

एजेन्सी, १७ जेठ । इरानतर्फ जाँदै गरेको एउटा व्यापारिक जहाजलाई अमेरिकी सेनाले मिसाइल प्रहार गरी नियन्त्रणमा लिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार गाम्बियाको झण्डाबाहक मालवाहक जहाज ‘एम/भी लियान स्टार’ ओमानको खाडी हुँदै इरानको एक बन्दरगाहतर्फ अघि बढिरहेको थियो । अमेरिकी सेनाले उक्त जहाजलाई २० पटकभन्दा बढी चेतावनी दिए पनि चालक दलले निर्देशनको पालना नगरेको जनाएको छ ।

सेन्टकमले त्यसपछि एक अमेरिकी सैन्य विमानले जहाजको इन्जिन कक्षमा हेलफायर मिसाइल प्रहार गरेपछि जहाज अगाडि बढ्न नसकेको बताएको छ ।

अमेरिकाले यो कारबाही यस क्षेत्रमा लागु गरिएको समुद्री नाकाबन्दीको एक हिस्साका रूपमा गरिएको जनाएको छ ।

सेन्टकमका अनुसार नाकाबन्दीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न हालसम्म पाँचवटा व्यापारिक जहाजलाई रोकिएको वा निष्क्रिय पारिएको छ भने अन्य ११६ वटा जहाजको मार्ग परिवर्तन गराइएको छ ।

इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग तथा वरपरका समुद्री मार्गहरूमा आफ्नो नियन्त्रण बढाउने प्रयास गरेपछि त्यसको जवाफस्वरूप यो कदम चालिएको अमेरिकाले जनाएको छ । यस क्षेत्रबाट विश्वको ठूलो परिमाणमा तेल, ग्यास तथा अन्य महत्त्वपूर्ण वस्तुहरूको ओसारपसार हुने गर्दछ ।

इरानले पनि कडा चेतावनी दिएको छ । इरानको संयुक्त सैन्य कमान्डले आफ्नो नियन्त्रणमा रहेको समुद्री क्षेत्रमा हस्तक्षेप गर्ने कुनै पनि सैन्य जहाजलाई निशाना बनाइने जनाएको चेतावनी दिएको छ । सरकारी टेलिभिजनमार्फत जारी गरिएको विज्ञप्तिमा नियम उल्लंघन गर्नेहरूको समुद्री सुरक्षा गम्भीर जोखिममा पर्न सक्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समाजमा बढ्दो हत्या, हिंसा र बलात्कारका घटना केवल आपराधिक गतिविधिका रूपमा मात्र

हेटौंडा, ८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा

काठमाडौँ, ७ भदौ । सङ्घीय संसद्, प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । भोली १ बजे बस्ने

काठमाडौँ, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ