सडकको भाषण र भेलाले समस्या समाधान दिँदैन : चन्द्र भण्डारी

काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सडकको भाषण र भेलाले पार्टीभित्रको समस्या समाधान नहुने बताएका छन् ।

सत्तामा हुँदा पनि, प्रतिपक्षमा हुँदा पनि भागबन्डाकै लागि कांग्रेसभित्र झगडा हुने गरेको उनको भनाइ छ । उनले भनेका छन्, ‘राजनीतिक सुकुम्वासी बनेर पनि खाली कुर्चीको लडाइँ, भाँचिएको कुर्ची पनि नछोड्ने टुक्रा–टुक्रा हुँदा पनि भागबन्डा, मेरो र मेरामा धेरै झगडा गर्दा इमानदार कार्यकर्तालाई मात्र लखेटियो । आखिर को कहाँ पुग्यो ? बुझ्ने कुरा के हो भने: विगतको गलत छनोट र व्यक्तिगत महत्त्वाकाङ्क्षाले नै आजको यो दुर्दशा निम्त्याएको हो।’

हिजो प्रजातन्त्रवादी र वामपन्थी शक्ति मात्र भए पनि अब नयाँ शक्ति सत्तामा भएकाले सजिलो नभएको उनको भनाइ छ । उनले थपेका छन्, ‘सडकको भाषण र भेलाले समाधान दिँदैन । पन्ध्रौँ महाधिवेशनमा स्पष्ट समाधान र साहसिक सुधारसहित खुला रूपमा वैचारिक, सङ्गठनात्मक र नेतृत्व चयनको प्रस्ताव ल्याउनु पर्दछ ।’

समयको माग र चाहना बुझेर, प्रविधिको प्रयोग गर्दै, सबैभन्दा विवेकी संवादबाटै मिल्नुपर्ने उनको भनाइ छ । उनले पूर्वसभापति शेरबहादुर देउवा निकट नेतालाई लक्षित गर्दै भनेका छन्, ‘हिजो सत्तामा बसेर आज किनाराबाट औँला उठाउने नेताहरूले बुझ्नुपर्छ भागबन्डामा कान्लामुनि पुरिएका इमानदार साथीहरूको धारणा के छ? समयलाई चिन्नु पर्छ, नत्र इतिहासले चिन्नेछैन।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामानको

काठमाडौँ, १४ जेठ । सुर्खेतमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति

काठमाडौँ, १४ जेठ । सर्लाहीको कौडेना गाउँपालिकामा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कौडेना गाउँपालिका-१ लक्ष्मीपुर बस्ने

काठमाडौँ, १४ जेठ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना महिला घाइते