काठमाडौँ, १३ जेठ । निर्देशन निश्चल बस्नेतले जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदनमा आफ्नो नाम परेकोप्रति प्रतिक्रिया दिएका छन् ।
अनुसन्धानको सुरुवात आफैबाट गर्न उनको चुनौती छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले सो चुनौती दिएका हुन् ।
उनले लेखेका छन्, ‘मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ। कृपया अनुसन्धानको सुरुवात चाहिँ मैबाट गरिदिनुहोला। दूधको दूध पानीको पानी छुट्याउनु पर्यो ।’





