लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ, १३ जेठ । लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेशसभाको आठौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । 

बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारले सोहीअनुसार बजेट निर्माण गर्ने स्पष्ट पारेका थिए । विपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ जेठ । सरकारले आर्थिक वर्ष ०८२-८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.

काठमाडौँ, १३ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न

काठमाडौँ, १३ जेठ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे