आधारभूत तहमा भर्ना दर ९८ प्रतिशत

काठमाडौँ, १३ जेठ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार विद्यालय शिक्षामा विद्यार्थीको पहुँचमा सुधार देखिएको छ । 

आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार शैक्षिक सत्र २०८२ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने माध्यमिक तहमा यो दर ५१.६ प्रतिशत मात्रै रहेको छ । 

देशभर कुल विद्यालयको संख्या ३५ हजार ९ सय ५१ पुगेको छ । जसमा सामुदायिक विद्यालयको हिस्सा ७५.१ प्रतिशत र संस्थागत विद्यालयको हिस्सा २४.९ प्रतिशत छ ।

लैङ्गिक द‌ृष्टिकोणले हेर्दा आधारभूत तहमा लैङ्गिक समता सूचकाङ्क १.०२ छ, जसले छात्रको तुलनामा छात्राको उपस्थिति बढी रहेको संकेत गर्छ।

त्यस्तै आर्थिक सर्वेक्षण २०८२–८३ ले नेपालका ८५.४ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको देखाएको हो । यस्तै, ६९.६ प्रतिशतमा विद्युतको पहुँच पुगेको देखाएको छ । 

आर्थिक सर्वेक्षणअनुसार भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा ठुलो सफलता देखाएको छ । ७ हजार ६ सय ७२ विद्यालयको निर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित