‘पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ’ पुस्तक बिमोचन

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन भएको छ ।

२०२० सालमा नाडा गाउँपन्चायतका पूर्वप्रधानपन्च पूर्णबहादुर शाहद्वारा प्रकाशित, उनका छोरा बरिष्ठ शिक्षासेवी लोकेन्द्र बहादुर शाहद्वारा पुनः प्रकाशित र पुर्नलिखित उक्त पुस्तक अछामको तुर्माखाँद बजारमा मंगलबार बिमोचन गरिएको हो । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटा, तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसि, उपाध्यक्ष बिमला शाही, लेखक लोकेन्द्र बहादुर शाह, शाहकी धर्मपत्नी मन्जुदेबी शाह, छोरा नमस्कार शाह लगायतले उक्त पुस्तक बिमोचन गरेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबराज चौधरी, वडा नम्वर २ का वडाध्यक्ष नरेन्द्र बहादुर शाही, वडा नम्वर ३ का वडाध्यक्ष काँशिराम बुढा, वडा नम्वर ६ का वडाध्यक्ष टिकाराम जैशी, वडा नम्वर ७ का वडाध्यक्ष भिम बहादुर चलाउने, कार्यपालिका सदस्य दमन बहादुर घर्ती, बास नेपालका पूर्वअध्यक्ष मन भण्डारी, प्रशासकिय अधिकृत शुद्ध चौधरी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृती स्तम्भ निर्माण लगायतका कार्यमा सहयोग गरि संस्थागत बिकासमा अतुलनिय योगदान गर्ने नेपाल सरकारका पूर्व सचिव, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटालाई सम्मान गरिएको थियो । सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर बास्कोटालाई सम्मान गरिएको थियो । समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाह, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसि, उपाध्यक्ष बिमला शाही लगायतले बास्कोटालाई सम्मान प्रदान गरेका थिए ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछामका अध्यक्ष लोकेन्द्र बहादुर शाह, नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले मन्तव्य व्यक्त गरेका थिए ।

पुस्तकमा के छ ?

२०२० सालमा धुर्ढाङ्टा नाडा गाउँपन्चायतका पूर्व प्रधानपन्च पूर्ण बहादुर शाहले २०२० साल माघ १२ गते भारतको मथुरामा प्रकाशन गरेको उक्त पुस्तकलाई उनका माईला छोरा लोकेन्द्र बहादुर शाहले पुर्नलेखन गरि प्रकाशन गरेको उक्त पुस्तक २६ पृष्ठको छ ।

पुस्तकमा पाञ्चायन स्तोत्र, श्री रामसिते स्तोत्र, कैलासपति पार्वति स्तोत्र, महाकाली स्तोत्र, श्री कृष्णराम भजन, श्री ईन्द्र स्तुति, श्री बागेश्वरी देवी स्तुति, श्री सूर्यनारायण भगवान् स्तुति, छोरीको चार नलिनु, दुर्वाच्य नबोल्नु, कवि पूर्णका शरिरको र सबैको भजनहरु संग्रहित छन् । संस्कृतमा रहेका उक्त भजन, कविता लेखक पूर्ण बहादुर शाहद्वारा लिखित हुन् । पुर्नप्रकाशित उक्त कृतिमा शाहका छोरा लोकेन्द्र बहादुर शाहले स्वर्गिय पूर्ण बहादुर शाहको संक्षिप्त जीवनी र भोटेहरुको लडाईं बारे बिस्तृत बिबरण नेपाली र संस्कृतमा उल्लेख गरेका छन् । यो पुस्तक ईतिहासमा रुचि राख्नेहरुका लागि उपयोगी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ जेठ । सरकारले आर्थिक वर्ष ०८२-८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.

काठमाडौँ, १३ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न

काठमाडौँ, १३ जेठ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे