दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परी ३१ जनाको मृत्यु

एजेन्सी, १३ जेठ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा मङ्गलबार भएका इजरायली हवाई आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले जनाएअनुसार यी आक्रमणहरूमा अन्य ४० जना घाइते भएका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका सहर तथा गाउँहरूलाई निशाना बनाएर शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको थियो ।

विभिन्न स्थानमा गरिएका यी हवाई प्रहारका कारण ठुलो सङ्ख्यामा मानवीय क्षति भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्