कङ्गोमा इबोला संक्रमितको संख्या झण्डै एक हजार नजिक

एजेन्सी, १३ जेठ । कङ्गोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप बढ्दै गएर संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगेको छ । 

संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणका कारण प्रभावित भइरहेको समाचार संस्था एपीले जनाएको छ । स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुङ्गा हान्ने, गालीगलौज गर्ने जस्ता व्यवहारको सामना गर्नुपरेको छ । कतिपय मानिसहरू रोगप्रति शङ्का व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन् । 

स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोडफोडका घटना भएका छन् । विज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढेकाले रोग नियन्त्रण कठिन बनेको छ । साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ । 

यो रोगको प्रभावकारी खोप नभएको र उपचार समेत सीमित रहेको छ । जोखिमका बाबजुद पनि सङ्क्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास भइरहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय