काठमाडौँ, १२ जेठ । फिल्म ‘गंगा रानी’को मुख्य भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी अभिनय रहने भएको छ ।
निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा अभिनयका लागि बर्षासँग मंगलबार सम्झौता गरेको हो ।
वर्षासँग सम्झौता लगतै निर्माण टिमले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा सिवाकोटी नै समेटिएकी छन् । आहा फिल्मस्को प्रस्तुतिमा बन्ने फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् ।
लेखन तथा निर्देशन राजबहादुर साने रहने फिल्ममा ४ महिला र ४ पुरुष कलाकारको खोजी जारी छ । पुरुष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकार खोजी भएको निर्माण युनिटले जनाएको छ ।






