अमेरिकी मिसाइल आक्रमणमा २४ इरानीको मृत्यु

एजेन्सी, १२ जेठ । इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्धको सुरुवातमा भएको अमेरिकी मिसाइल आक्रमणमा परी किशोर भलिबल खेलाडी र एक बालिकासहित २४ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

प्रवक्ता बाघेईका अनुसार गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हमला सुरु गरेकै दिन एक खेलकुद हललाई लक्षित गरी ‘अमेरिकी प्रिसिजन स्ट्राइक मिसाइल’ प्रहार गरिएको थियो । इरानको फार्स प्रान्तस्थित लामेर्डको आवासीय क्षेत्रमा भएको उक्त आक्रमणमा खेलकुद हल ध्वस्त भएको उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बताएका छन् ।

उक्त क्षेत्रका सांसदको ब्रिफिङलाई उद्धृत गर्दै बाघेईले भनेका छन्, ‘यस विभत्स आक्रमणमा २ वर्षीया बालिका, केही किशोर भलिबल खेलाडीहरू तथा अन्य महिला र पुरुष गरी कुल २४ जनाको ज्यान गएको छ ।’ प्रवक्ता बाघेईले यो घटनालाई ‘हत्या’को संज्ञा दिँदै यसको आदेश दिने र कार्यान्वयन गर्नेहरूलाई कुनै पनि सक्षम कानुनी अदालतमा जबाफदेही बनाइनुपर्ने माग गरेका छन् । ८७ दिनअघि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गर्दा यो दुखद घटना घटेको बाघेईले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्