‘लालीबजार’को कमाइ ५ करोड ७६ लाख नाघ्यो

काठमाडौँ, ११ जेठ । चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको बक्सअफिस विवरण सार्वजनिक गरेको छ । 

जसअनुसार, ‘लालीबजार’ ले ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख ९६ हजार ४०६ जना दर्शकले हेरेका छन् ।

‘मालती मंगले’ ले ५१ लाख ६३ हजार ५९३ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई १६ हजार १३७ जनाले हेरेका छन् । आँचल शर्माको ‘एक मुठ्ठी बादल’ले ५ लाख २१ हजार ८२५ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १५०१ जना दर्शकले हेरेका छन् ।

‘गुरुआमा’ ले २९ लाख ४२ हजार ५७६ जनाले हेरेका छन् । सोही अवधिसम्म यो फिल्मलाई ९ हजार ३२७ जना दर्शकले हेरेका छन् । सुरक्षा पन्तको ‘लाइफ ड्यामेज’ ले २८ लाख ४६ हजार १७० रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई ९ हजार २४१ जनाले हेरेका छन् ।

प्रकाश सपुत स्टारर ‘परालको आगो’ ले ४ करोड २७ लाख ५३ हजार ६४८ रुपैयाँ कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख ५३ हजार ९२५ जनाले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ जेठ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार १६.३८ अंक बढेको

काठमाडौँ, ११ जेठ । मोरङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–९, चन्दनखाडी बस्ने

काठमाडौँ, ११ जेठ । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरी बलको टोलीले एकजनाको शव निकालेको छ । भारत

काठमाडौँ, ११ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १९ सय रुपैयाँले