काठमाडौँ, ११ जेठ । आज बजारमा आलुको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आलुको मूल्य बढेको हो ।
अहिले बजारमा रातो आलु लाम्चो र गोलो गरी दुई थरी किन्न पाइन्छ । आज कालीमाटी बजारमा रातो आलु लाम्चोको भाउ बढेको छ । हिजो आइतबार प्रतिकिलो थोकमा न्यूनतम २८ देखि अधिकतम ३४ र औसत ३० रुपैयाँमा किनबेच भएको थियो ।
आज भने उक्त आलु प्रतिकिलो थोकमा न्यूनतम ३० देखि अधिकतम ३५ र औसत ३२ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै आज रातो आलु गोलो प्रतिकिलो थोकमा न्यूनतम २६ देखि अधिकतम २८ रुपैयाँ र औसत २७ रुपैयाँमा किनबेच भइरहेको छ ।






