भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको मृत्यु

एजेन्सी, ११ जेठ । भारतको तेलङ्गाना राज्यमा बढ्दो तापक्रमका कारण हीटस्ट्रोक (लू) बाट कम्तीमा १६ जनाको मृत्यु भएको छ  ।

टाईम्स अफ इन्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै चार जनाको मृत्यु भएको छ । बारंगल अर्बन, करीमनगर र निजामाबादमा तीन–तीन जनाको मृत्यु भ एको छ भने जोगुलाम्बा गडवाल, रंगारेड्डी र सूर्यपेटमा एक–एक जनाको मृत्यु भएको खबरमा उल्लेख छ ।

त्यहाँको मौसम विभागका अनुसार तेलङ्गानामा अधिकतम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढेको छ । त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरु बेहोस भएर जमिनमा खसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजोे हल्का वर्षाले केही राहत दिएको छ । अधिकारीहरुले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको व्यवस्था गर्न आग्रह गरेका छन् । राजस्थानमा पनि तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कतिपय ठाउँहरुमा विद्यालय बन्द गरिएका छन् ।

मौसम विभागले विशेषगरी दिल्ली, पञ्जाब, हरियाणा र चण्डीगढमा तापक्रम अझै बढ्ने जनाएको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । विशेषज्ञहरूले भारतका धेरै भागमा अत्यधिक गर्मी र तातो हावाको लहर अझ केही समय चल्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय