बागमती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर, ११ जेठ । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका हुन् । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ जेठ । चीनले आफ्नो नयाँ मानवसहितको अन्तरिक्ष अभियान ‘शेन्जोउ–२३’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । आइतबार राति उत्तर पश्चिमी चीनको

एजेन्सी, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका क्रममा आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका

एजेन्सी, १० जेठ । युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक आक्रमणका क्रममा शक्तिशाली हाइपरसोनिक ‘ओरेसनिक’ ब्यालिस्टिक क्षेप्यास्त्र

एजेन्सी, १० जेठ । बङ्गलादेशमा फैलिएको दादुरा महामारीका कारण ५ सय भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । यो दशकौँयताकै