बङ्गलादेशमा दादुरा महामारी फैलिँदा ५ सय बढी बालबालिकाको मृत्यु

एजेन्सी, १० जेठ । बङ्गलादेशमा फैलिएको दादुरा महामारीका कारण ५ सय भन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।

यो दशकौँयताकै सबैभन्दा घातक प्रकोप बनेको छ । शनिवार पनि मृत्यु सङ्ख्या बढिरह्यो । पछिल्लो २४ घण्टामा मात्रै १३ बालबालिकाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । मार्च १५ देखि सुरु गरिएको तथ्यांकअनुसार कुल मृतक सङ्ख्या ५१२ पुगेको छ ।

अहिले राजधानी ढाकाका अस्पतालहरू बिरामीले भरिभराउ भएका छन् । त्यहाँ विशेष वार्ड स्थापना गरिए पनि सघन उपचार कक्ष (आईसीयू) का पर्याप्त शय्या उपलब्ध छैनन् । दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग हो, जुन खोकी र हाछ्युँमार्फत फैलिन्छ । एकपटक सङ्क्रमण भएपछि यसको कुनै विशेष उपचार छैन । यो रोग मुख्यतः बालबालिकामा देखिन्छ र यसले विशेषगरी कुपोषित वा खोप नलगाइएका बालबालिकामा निमोनिया, मस्तिष्क सुन्निने समस्या तथा मृत्युजस्ता गम्भीर जटिलता निम्त्याउन सक्छ ।

दादुरा विश्वभर खोपद्वारा रोकथाम गर्न सकिने बालमृत्युका प्रमुख कारणमध्ये एक मानिन्छ । १७ करोड ५० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशले महामारी नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) की बङ्गलादेश प्रमुख राना फ्लावर्सले यस साता उक्त अभियानमार्फत १ करोड ८० लाख बालबालिकासम्म पुगिएको बताइन् ।

तर स्वास्थ्य विभागले खोप अभियानको पूर्ण प्रभाव देखिन अझै केही महिना लाग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय