कांग्रेसीहरू दास र लास हुन सक्दैनन् : पूर्वमुख्यमन्त्री कार्की

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका नेता केदार कार्कीले लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने काम बन्द गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले शनिबार फेसबुकमा जंगी अड्डाको हुकुम र त्रासजस्तो वातावरणले पार्टी नचल्ने बताएका हुन् । जिम्मेवार निकायको अल्लारेपन र दम्भले पार्टी पद्धति कमजोर भएको कार्कीको टिप्पणी छ ।

उनले लेखेका छन्, ‘पार्टीमा समावेश हुने आधार आस्था र विश्वासले हो । समर्पण जङ्गी अड्डाको हुकुम र त्रासबाट पैदा हुँदैन । सैद्धान्तिक असहमतिका समाधान संवादबाट खोजिनुपर्छ । जिम्मेवार निकायले अल्लारेपन र दम्भ प्रदर्शन गर्दा पार्टीको पद्धति नै कमजोर बन्दै गएको छ । पदलोलुपता समस्या हो । पदभन्दा माथि उठेर लोकतन्त्रका लागि बलिदान रोजेकाहरूलाई तर्साउने प्रवृत्ति बन्द गर ।’

एकता, सहमति र सम्मानको अनुभूति दिलाउने, वातावरण बनाउने जिम्मेवारी नेतृत्वको नै रहेको उनले बताएका छन् । ‘वडा, पालिका, क्षेत्र र जिल्लाका सभापतिलगायत जिम्मेवार नेता तथा कार्यकर्तालाई प्रश्न उठाएको वा सैद्धान्तिक असहमति राखेकै कारण राजाको निरंकुश शासनझैँ बर्खास्त गर्नु, धम्की दिनु कांग्रेस २.० को चरित्र हो ?,’ उनले प्रश्न गरेका छन् ।

लोकतन्त्रमा असहमतिलाई संवादमा नल्याई ‘साइलेन्ट निलम्बन’ गर्नु अनैतिक मात्र होइन, लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथिको धोका पनि रहेको उनले भनेका छन् । उनले अगाडि लेखेका छन्, ‘अनुशासन सबैले पालना गर्नुपर्छ र नेताहरूलाई गाली गर्ने प्रवृत्ति पनि बन्द गरिनुपर्छ । कांग्रेसीहरू दास र लास हुन् सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ९ जेठ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट

मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा