सरकारको नवीनतम कामले जनतामा आशा जाग्यो : मन्त्री तिमिल्सिना

नुवाकोट, ९ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएका छन् ।

आज राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री डा तिमिल्सिनाले देश र जनतालाई हितमा राखेर सरकारले गरेका कार्यबाट सरकारी सेवा र सामाजिक न्यायको क्षेत्रमा भएका सुधारले सकारात्मक प्रभाव पैदा हुँदै आएको बताएका हुन् । सरकार गठन भएको छोटो अवधिमै भएका कामकारबाहीबाट सामान्य नागरिकले समेत राहत पाउने गरेर सुधार गरिएको उनको भनाइ छ ।

उनले भने, “जनताको अभिमतबाट काम गर्न प्राप्त जिम्मेवारीमा अहिलेको सरकारले इमान्दार भएर जनतालाई केन्द्रमा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको छ । सरकारले लक्ष्य अनुसार पूरा गर्दै अघि बढ्ने भएकाले पाँच वर्षमा जनताले महसुस गर्ने गरेर मुलुकमा परिवर्तन हुनेछ ।”

सञ्चारमन्त्री डा तिमिल्सिनाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ९ जेठ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट

मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा