संसदीय समितिद्वारा मूल्यवृद्धिको समस्या सुल्झाउन सरकारलाई निर्देशन

काठमाडौँ, ८ जेठ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र चरम मूल्यवृद्धिको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । 

आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित सरोकारवालाहरूसँगको गहन छलफलपछि समितिले मूल्यवृद्धिको समस्या तत्काल सम्बोधन गर्न निर्देशन जारी गरेको हो ।

समितिका सभापति आशिष गजुरेलले बैठकको निर्णय सार्वजनिक गर्दै भने, ‘समस्यामा रहेका सार्वजनिक पूर्वाधारका आयोजनाहरूका समस्या तत्काल पहिचान गरी आम नागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । मूल्यवृद्धि सम्बन्धमाः पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने निर्माण उद्योगहरूमध्ये पूर्वमा जारी युद्धका कारण समस्यामा परेका छन् । इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि भई पूर्वाधार निर्माण कार्य सम्पन्न गर्न जटिलता उत्पादन भएको छ । मूल्यवृद्धिका कारण धेरै निर्माण व्यवसायीले निर्माण कार्य गर्न नसकेर धेरै परियोजनाहरू अगाडि बढाउन नसकेको विषय आज बैठकमा गम्भीर रूपमा उठ्यो । यसले देश विकास र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने भएकाले यस्ता समस्याको तत्काल समाधान गर्न निर्देशन दिने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ जेठ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवक मृत

काठमाडौँ, ८ जेठ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति

काठमाडौँ, ८ जेठ । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ ।

काठमाडौँ, ८ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई