एयर इन्डियाको विमानको इन्जिनमा आगलागी

एजेन्सी, ८ जेठ । बैङ्ग्लोरबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको उडान ‘एआई२८०२’ ले बिहीबार साँझ इन्जिनमा आगो लागेपछि दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। उक्त विमानमा १६० जना यात्रु सवार थिए ।

एयर इन्डियाले यस घटनाबारे विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दिल्लीमा विमानको अन्तिम अवतरण प्रक्रियाका क्रममा ककपिट चालक दललाई एउटा इन्जिनमा आगो लागेको संकेत प्राप्त भयो। पछि यो संकेत सही भएको पाइयो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘चालक दलले सबै मानक सञ्चालन प्रक्रियाको पालना गर्‍यो र विमानलाई सुरक्षित रूपमा दिल्ली विमानस्थलमा उतार्‍यो। सबै यात्रु र चालक दल सुरक्षित छन् र उनीहरू सामान्य रूपमै विमानबाट बाहिर निस्किएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्