गाजामा ज्यान गुमाउनेमध्ये ७० प्रतिशत बढी महिला र बालबालिका

एजेन्सी, ८ जेठ । गाजामा जारी सैन्य द्वन्द्वका कारण दशौँ हजार सर्वसाधारणको ज्यान जानुका साथै घर, विद्यालय र आश्रयस्थललगायत करिब ९० प्रतिशत नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन् ।

इजरायलको कडा नाकाबन्दीका कारण पानी, खाद्यान्न, बिजुली र सरसफाइ जस्ता अत्यावश्यक सेवाहरूको पहुँच गम्भीर रूपमा सीमित बनेको छ । बाँचेका नागरिकहरू पनि भोकमरी, बारम्बारको विस्थापन र महामारीको जोखिमसँग जुधिरहेका छन् । 

यसै पृष्ठभूमिमा, संयुक्त राष्ट्रसंघीय निकाय ‘यूएन वुमन’ले ‘गाजामा महिला र बालिकाहरूमाथि युद्धको मूल्य’ शीर्षकको पैरवी प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०२६ अप्रिल १७ मा जारी गरिएको यस प्रतिवेदनले अक्टोबर २०२३ देखि डिसेम्बर २०२५ सम्मको अवधिलाई समेट्दै मानवीय संकटले महिला र बालिकामा पारेको लैङ्गिक असरको विश्लेषण गरेको छ । 

यस प्रतिवेदनलाई उद्धृत गर्दै भारतस्थित प्यालेस्टिनी दूतावासले जारी गरेको प्रेसविज्ञप्ति अनुसार गाजा द्वन्द्वमा ज्यान गुमाउनेमध्ये ७० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय