नेप्से १२.३६ अंकले घट्यो

काठमाडौँ, ७ जेठ । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक नेप्से आज १२.३६ अंकले घटेको छ ।

कारोबार खुलेको १५ मिनेटमा बढेर २७६३ अंकमा पुगेको नेप्से अन्तिममा २७४२.११ विन्दु कायम भएको छ । म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूह घटेका छन् ।

बजारमा ७२ कम्पनीको मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेका छन्। ९ कम्पनीको मूल्य भने स्थिर छ । आज सबैभन्दा धेरै बुंगल हाइड्रोका लगानीकर्ताले ९.२६ प्रतिशत कमाउँदा सबैभन्दा धेरै गुमाउनेमा अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ता छन् । यो कम्पनीको सेयर मूल्य १४.९५ प्रतिशतले ओरालो लागेको छ । 

बजारमा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आँखुखोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै १७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । आज काठमाडौँमा

काठमाडौँ, ७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा नियमित सचेतना

काठमाडौँ, ७ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

जनकपुर, ७ जेठ । मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारण धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा