पेट्रोलियम पदार्थको कर घटाऊ, किसानलाई मल देऊ : सांसद अर्याल

काठमाडौँ, ७ जेठ । नेकपा एमाले सांसद पद्‌मा अर्यालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको भान्सादेखि ढुवानीसम्म थला परेको बताएकी छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा अर्यालले चर्को महँगी र मल अभावका कारण आम नागरिक र किसानहरू छटपटिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । 

उनले भनिन्, ‘सङ्कटको बेला अभिभावक बन्नुपर्ने राज्य आफैँ किन व्यापारीजस्तो नाफामुखी बन्दैछ,’ ‘नागरिकहरू आज बजार जाँदा आम्दानी सुकेको र खर्चको पहाड अग्लिएको देखेर छाँगाबाट खसेजस्तै भएका छन् ।’

धान रोपाइँको समय सुरु भइसक्दा पनि किसानले मल नपाएको भन्दै अर्यालले तत्काल मलको व्यवस्था गर्न माग गरिन् । उनले भनिन्, ‘किसानको हातमा बीउ छ, आकाशमा बादल छ, तर खेतमा हाल्ने मल छैन,’ ‘हरेक वर्ष रोपाइँकै बेला मलको हाहाकार हुनु सरकारको योजना विहीनता र लाचारी हो ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको

काठमाडौँ, १३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे ८ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ

काठमाडौँ, १३ साउन । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह

काठमाडौँ, १३ साउन । झापामा ब्राउन सुगरसहित एक भारतीय पक्राउ परेका छन् । झापा गाउँपालिका–३, कत्लामारीबाट ५० ग्राम ५० मिलिग्राम ब्राउन