नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ, ६ जेठ । आज सेयर बजार दोहोरो अंकले बढेको छ ।

आज बजार ३०.०८ अंक (१.१० प्रतिशत)ले बढेको हो । यससँगै बजार मापक २७५४.४८ विन्दुमा पुगेको छ । अघिल्लो दिन मंगलबार बजार ६.५१ अंकले घट्दा नेप्से २७२४.३९ विन्दुमा झरेको थियो ।

यसदिन हरियाली छाएको सेयर बजारमा ३४६ कम्पनीको कारोबार हुँदा २४९ कम्पनीको सेयर मूल्य बढेको छ । तर, २१ कम्पनीको सेयर मूल्य घटेको छ  ।

बुधबार कुल तीन अर्ब ८० करोडको कारोबार हुँदा १ करोड ६ लाख ४० हजार ५०८ कित्ता सेयर किनबेच भयो । अघिल्लो दिनको कारोबारमा तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बुधबार सबैभन्दा धेरै कमाउने पाँच कम्पनीमा अपर लोहोर खोला हाइड्रोपावर, माउन्टेन्ट हाइड्रोपावर, बुंगल हाइड्रोपावर, शिखर पावर लिमिटेड र सिटी होटल लिमिटेड रहेको छ । यसमध्ये धेरै कमाएको अपर लोहोर खोला हाइड्रोपावरको १५ प्रतिशत सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा

काठमाडौँ, ६ जेठ । चितवनमा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग संक्रमणको आशंकामा उपचारका लागि

काठमाडौँ, ६ जेठ । प्रहरीले काठमाडौँको बौद्धबाट १२ केजी लागुऔषध पोल्याण्ड बरामद गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट

काठमाडौँ, ६ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नं. २ स्थित २६