झण्डै एक लाख ४५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात : कृषि मन्त्रालय

काठमाडौँ, ६ जेठ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक लाख ४४ हजार ८०३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ ।

मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार  मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको दाबी गरेका छन् ।

मध्यपूर्वको द्वन्द्वका कारण मल आउन ढिलाइ भएको बताउँदै उनले ‘स्ट्रेट अफ होर्मुज’ मा रहेको अवरोध खुल्ने बित्तिकै टेन्डर गरिएको चार लाख ९१ हजार मेट्रिक टन मल आउने विश्वास व्यक्त गरे । पछिल्लो द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको पनि कृषि मन्त्रालयले जनाएको छ । बिस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्राङ्गारिक मलको उपयोग गर्न पनि उनको आग्रह छ । नीति तथा कार्यक्रममा जैविक तथा प्राङ्गारिक मललाई प्राथमिकतामा राखिएको छ । जैविक तथा प्राङ्गारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रमले समेटेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ । बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम

काठमाडौँ, ६ जेठ । प्रहरीले काठमाडौँको बौद्धबाट १२ केजी लागुऔषध पोल्याण्ड बरामद गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट

काठमाडौँ, ६ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नं. २ स्थित २६

काठमाडौँ, ६ जेठ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ । निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय