कार्यवाहक मेयर डंगोललाई कान्सका मेयरद्वारा स्वागत

काठमाडौँ, ६ जेठ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि मंगलबार साँझ कान्सका मेयर डेभिड लिसनार्डले सिटी हलमा स्वागत गरेका छन् ।

होटल डे भिल्लेमा भएको द्विपक्षीय भेटवार्ताले चलचित्रका लागि युनेस्कोद्वारा मान्यता प्राप्त दुई ‘क्रियटिभ सिटी’बीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाएको बताइएको छ ।

काठमाडौँका लागि यो अवसर विश्व फिल्म समुदायका स्थापित सहरहरूसँगै आफूलाई पनि चलचित्र सहरका रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण क्षण बनेको उल्लेख गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले मेयर लिसनार्ड र कान्स सहरप्रति आतिथ्य र सहकार्यका लागि आभार व्यक्त गर्दै सुरु भएका संवादलाई आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज ।  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने

काठमाडौँ, ७ असोज । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी