हरमीत सिंहद्वारा युनिग्लोबमा क्रिकेट अभ्यास मैदान उद्घाटन

काठमाडौँ, ५ जेठ । नयाँ बानेश्वर, काठमाडौँमा अवस्थित युनिग्लोब प्रिमियर स्कुल/कलेजमा निर्माण गरिएको क्रिकेटको नेट अभ्यास मैदानको उदघाट्न अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हरमीत सिंहद्वारा भव्य रुपमा सम्पन्न भएको छ । श्री हरमीत सिंह अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी हुन् । उहाँले एनपिएलमा सुदूरपश्चिम रोयल्सबाट पनि टी२० म्याच खेलेर उत्कृष्ट खेलाडीको रुपमा प्रदर्शन गरेका थिए ।

काठमाडौँ, नयाँ बानेश्वरमा अवस्थित नेपालको शैक्षिक क्षेत्रमा उत्कृष्ट पहिचान बनाउँदै आएको युनिग्लोब कलेजले विद्यार्थीहरुको अध्ययनमा उत्कृष्टता हासिल गर्दै अतिरिक्त क्रियाकलापको रुपमा खेलकुदलाई पनि उच्च प्राथमिकता दिएको छ । यस कलेजमा फुटसल, बास्केटबल खेल्ने मैदान सहित क्रिकेटलाई पनि प्रवर्धन गर्ने उद्देश्यले विद्यार्थीहरुलाई अभ्यास खेलको लागि उद्घाटन गरिएको हो । नेपालमा दिनप्रति दिन बढ्दो क्रिकेटको क्रेज तथा विद्यार्थीहरुमा खेलप्रतिको आकर्षणले यो सुविधाले विद्यार्थीहरुलाई थप प्रोत्साहन मिल्नेछ ।

सन् २००९ मा स्थापना भएको युनिग्लोब कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै प्रतिष्ठित शिक्षण संस्थामध्ये एक हो । यस कलेजमा BCSIT, BBA, BBA(Finance), MBA तथा MBA(Finance) लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन भईरहेको छ । आधुनिक शिक्षण पद्धति, अनुभवी प्राध्यापक तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीका कारण युनिग्लोब कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ । यसै शैक्षिक सत्र २०८३ देखि युनिग्लोब कलेजको स्वामित्वमा रहेको युनिग्लोब प्रिमियर स्कुल/कलेजमा +२ विज्ञान तथा व्यवस्थापन संकायहरुमा नयाँ भर्ना पनि भइरहेको छ ।

उक्त कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष श्री रोशन सिंह ज्यूको पनि उपस्थिति रहेको थियो । यस कलेजका अध्यक्ष डा. नर बहादुर बिष्ट ज्यूले विद्यार्थीहरुलाई पढाईमा अब्बल बनाउनुको साथसाथै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापको समेत सुविधाहरु दिई विद्यार्थीहरुलाई बहुआयामिक पद्धतिबाट विकास गर्ने मूख्य उद्देश्य रहेको बताउनुभयो । श्री हरमीत सिंह ज्यूले यस युनिग्लोब कलेजले खेलकुदमा र यसमा पनि क्रिकेट जस्तो विश्वव्यापी रुपमा लोकप्रिय खेललाई प्रोत्साहन दिएकोमा कलेजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुईवटा अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा

काठमाडौँ, ५ जेठ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी/जोखिमयुक्त बस्ती हटाउँदा विस्तापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट २५ हजार

वीरगञ्ज, ५ जेठ । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । सोमबार राति वीरगञ्जस्थित होटल

काठमाडौँ, ५ जेठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको