घट्यो नेप्से

काठमाडौँ, ५ जेठ । नेप्से परिसूचक मङ्गलवार पनि ६.५१ अङ्क घटेर बन्द भएको छ ।

नेप्से परिसूचक ६.५१ अङ्क घटेर २७२४.३९ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.६८ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अङ्कले घटेको छ ।

आज ११३ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १२ को स्थिर रहेको छ । कारोबार रकममा केही सुधार आएको छ । अघिल्लो दिन २ अर्ब ४५ करोडको कारोबार भएको थियो । आज थोरै रकम बढेर ३ अर्ब ८ करोडको पुगेको छ । 

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ । ९ उपसमूहको परिसूचक घटेको छ। जसमा विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अङ्क बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.२४ प्रतिशत घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.२६ प्रतिशत बढेको छ। त्यस्तै, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य करिब साढे ६ प्रतिशत बढेको छ । अन्य स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । 

कारोबार रकमका आधारमा सिटी होटलको २३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै,साहस ऊर्जाको ९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । सरकारले चीन र स्विटजरल्यान्डबाट प्राप्त हुने दुईवटा अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा

काठमाडौँ, ५ जेठ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी/जोखिमयुक्त बस्ती हटाउँदा विस्तापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट २५ हजार

वीरगञ्ज, ५ जेठ । दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको अनुमति पाएको छ । सोमबार राति वीरगञ्जस्थित होटल

काठमाडौँ, ५ जेठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको