फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

काठमाडौँ, ५ जेठ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । संस्थाकी संस्थापक अध्यक्ष समेत रहनु भएकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।

ग्रामिण अर्थतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण र स्वरोजगारका मुद्दाहरुलाई अगाडी बढाउँदै समाजसेवा तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरीलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । सो अवसरमा चौधरीले लघुवित्तको मर्म, उद्देश्य र लक्ष्य प्राप्तिसँगै संस्थाको गरिमा बृद्धिमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

ग्रामिण महिला उत्सुकता विकास मञ्च मार्फत गाउँगाउँमा महिलाहरुलाई वातावरण, सरसफाईसँगै सामाजित चेतना प्रवाह गर्दै आउनु भएकी चौधरीले वित्तीय साक्षरता कार्यक्रम पनि चलाउनु भएको थियो । तत्कालिन समयमा सरकारले गैरसरकारी संस्थाहरुलाई वित्तीय मध्यस्तकर्ता गर्ने बाटो खोलिदिएपछि चौधरीले नै फरवार्ड माइक्रोफाइनान्सको स्थापना गर्नुभएको थियो ।

हाल फरवार्ड माइक्रोफाइनान्सका देशका ४० जिल्लाका ३८२ स्थानीय निकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा १५९ शाखा कार्यालय मार्फत् वित्तीय सेवा पुर्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा