काठमाडौँ, ५ जेठ । मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती महिलालाई बनाएर अलपत्र पारेको विषय उठेको छ ।
प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नाइजेरियन महिलालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रेम जालमा पारेर गर्भवती बनाएको विषय उठाएका हुन् ।
‘सत्तारुढ पार्टीका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल छ । यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ,’ सांसद विकले भनिन् ।
त्यस्तै सांसद कर्णले विदेशी महिलालाई प्रेम जालमा फसाएर भावनात्मक व्ल्याकमेल गरेको बताइन् । उनले विदेशी महिलालाई त नछाड्ने सांसदले आफ्नो मुलुकका महिलालाई कसरी सम्मान गर्न सक्छ भन्दै प्रश्न गरिन् । उनले सदनलाई यथाशीघ्र सत्यतथ्य जानकारी गराउन आग्रह गरिन् ।






