शाकिराले जितिन् मुद्दा

काठमाडौँ, ५ जेठ । स्पेनको एक अदालतले त्यहाँको कर प्रशासनलाई प्रसिद्ध गायिका शाकिराबाट असुल गरिएको ५ करोड ५० लाख युरो फिर्ता गर्न आदेश दिएको छ ।

 कर सम्बन्धी विवादमा उक्त रकम गलत तरिकाले सङ्कलन गरिएको ठहर गर्दै राष्ट्रिय उच्च अदालतले कोलम्बियन गायिका शाकिरालाई कर ठगीको आरोपबाट सफाइ दिएको हो । 

अदालतले ट्रेजरीलाई सो रकम ब्याजसहित शाकिरालाई फिर्ता गर्न आदेश दिएको छ । कर अधिकारीहरूले सन् २०११ मा शाकिराले स्पेनमा १८३ दिन बिताएको प्रमाणित गर्न नसकेपछि अदालतले यो फैसला सुनाएको हो । स्पेनमा व्यक्तिगत आयकर तिर्नका लागि त्यहाँको बासिन्दा हुन कम्तीमा १८३ दिन बसेको हुनुपर्ने कानुनी प्रावधान छ ।

अदालतको यो फैसलापछि ४९ वर्षीया शाकिराले अदालतले अन्ततः सत्य तथ्य बाहिर ल्याएको बताएकी छिन् । उनले आफूले विगत आठ वर्षदेखि क्रूर सार्वजनिक निशाना, आफ्नो प्रतिष्ठा नष्ट गर्न रचिएका अभियानहरू र अनिँदो रातहरू भोगेको र जसले अन्ततः आफ्नो स्वास्थ्य र परिवारको भलाईमा असर पारेको उल्लेख गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान

काठमाडौँ, ३० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका बताएका छन् ।

काठमाडौँ, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा