इरानमाथिको सैन्य आक्रमणलाई ट्रम्पले गरे तत्कालका लागि स्थगित

एजेन्सी, ५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको अनुरोधमा मंगलबारका लागि तय गरिएको इरानमाथिको सैन्य आक्रमणलाई तत्कालका लागि स्थगित गरेका छन् । 

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर वार्ताहरू भइरहेको जानकारी दिएका हुन् । 

अमेरिकाका लागि पूर्ण रूपमा स्वीकार्य हुने गरी सम्झौता हुने जानकारी आफूलाई गराइएको दाबी गर्दै उनले इरानसँग कुनै पनि हालतमा आणविक हतियार हुन नदिने दृढता व्यक्त गरेका छन्। यद्यपि, कुनै स्वीकार्य सम्झौता हुन नसकेमा अमेरिका जुनसुकै क्षण इरानमाथि पूर्ण र ठुलो स्तरको आक्रमण गर्न तयार रहने चेतावनी पनि उनले दिएका छन्। 

अर्कातर्फ, इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत आँकलन नगर्न चेतावनी दिएका छन्। इरानका बारेमा ट्रम्पको यो पछिल्लो घोषणा यस्तो समयमा आएको छ, जब अमेरिकाभित्र उनको लोकप्रियताको ग्राफ खस्कँदै गएको छ र सर्वेक्षणहरूले देशभित्र इरानविरुद्धको युद्ध अलोकप्रिय बन्दै गएको देखाएका छन्। 

सोमबार प्रकाशित न्यूयोर्क टाइम्स/सिएनाको एक मतसर्वेक्षण अनुसार ६४ प्रतिशत मतदाताले इरानसँग युद्ध गर्ने निर्णयलाई गलत मानेका छन्। सर्वेक्षणले राष्ट्रपति ट्रम्पको कार्यसम्पादनलाई केवल ३७ प्रतिशत मतदाताले मात्र अनुमोदन गरेको देखाएको छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय