कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या १ सय जना पुग्यो

एजेन्सी, ५ जेठ । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने ३९० भन्दा बढी मानिसमा संक्रमणको आशंका गरिएको छ। 

अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का प्रमुख जीन कासेयाले बीबीसीलाई दिएको जानकारीअनुसार हाल फैलिरहेको इबोलाको यो स्ट्रेनका लागि कुनै स्वीकृत औषधि वा खोप उपलब्ध छैन। 

कासेयाले महामारी नियन्त्रणका लागि सर्वसाधारणलाई इबोला पीडितहरूको अन्त्येष्टि लगायतका सामाजिक कार्यहरूमा जनस्वास्थ्यका मापदण्डहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।

यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुन्दिबुग्यो भाइरसका कारण फैलिएको यो इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरेको छ। कङ्गोको छिमेकी देश युगान्डामा पनि दुई जनामा संक्रमण पुष्टि भइसकेको र एक जनाको मृत्यु भइसकेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ।

कङ्गोमा कार्यरत एक अमेरिकी डाक्टरमा पनि इबोला संक्रमण पुष्टि भएको छ। उनी आबद्ध मेडिकल मिसनरी समूह र सीडीसीका अनुसार पहिचान नखुलकेका ती डाक्टरलाई थप उपचारका लागि जर्मनी लैजाने तयारी भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक