प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, ५ जेठ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहनेछ । 

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिलाई सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी

डोटी, ११ साउन ।  भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले सुदूरपश्चिम प्रदेशको डोटी

काठमाडौँ, ११ साउन । सङ्घीय संसद् मातहतका तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार

काठमाडौँ, ११ साउन । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी