अमेरिकामा अन्धाधुन्ध गोली चल्दा तीन जनाको मृत्यु

एजेन्सी, ५ जेठ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ ।

उक्त घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न शंकास्पद दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको कारभित्र मृत फेला परेको बिबिसीले खबरमा लेखेको छ ।

सान डिएगो काउन्टीकै सबैभन्दा ठूलो मस्जिद मानिने क्लेरमोन्ट क्षेत्रको ‘इस्लामिक सेन्टर अफ सान डिएगो’ मा बीभत्स घटना भएको हो । सान डिएगोका प्रहरी प्रमुख स्कट वाह्लका अनुसार यो घटनालाई ‘घृणाजन्य अपराध’ का रूपमा अनुसन्धान अगाडि बढाइएको छ ।

घटनाको सुरुवातमा एक आमाले आफ्नो छोरा हराएको प्रहरीमा रिपोर्ट गरेपछि थाहा भएको थियो । ती महिलाले प्रहरीलाई आफ्नो छोरासँगै घरमा रहेका केही हतियार र कारसमेत बेपत्ता भएको जानकारी गराएकी थिइन् ।

मस्जिदमा आक्रमण हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मीले प्रतिकार गरेका थिए । आक्रमणमा मारिएका ती सुरक्षाकर्मीको कदमले अन्य धेरैको ज्यान जोगिएको प्रहरी प्रमुखले बताएका छन् ।

मस्जिदमा गोली चलाएपछि फरार भएका ती दुई किशोर संदिग्धहरू नजिकैको सडकमा गुडिरहेको कारभित्र मृत अवस्थामा फेला परेका थिए । उनीहरूले आफैँलाई गोली हानेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति

काठमाडौँ, १५ असोज । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेको छ । यो विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने

काठमाडौँ, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय