पवन प्रकृतिका विद्यार्थीे अष्ट्रिच फार्ममा

ललितपुर, ११ पौष । महालक्ष्मी नगरपालिका इमाडोलस्थित पवनप्रकृति सेकेण्डरी स्कूलका १० कक्षाका ८० विद्यार्थी शैक्षिक भ्रमणका लागि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेका मायादेवी मन्दीरदेखि त्यहाँभित्र रहेका विभिन्न ऐतिहासिक स्थलको अवलोकन गरि फर्केका छन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल उत्तरकुमार राईको नेतृत्व तथा विद्यालय व्यवस्थापन समितिका निर्देशक विज्ञानदेव राई समेत सहभागी हुनुभएको सो टोलीमा ६ जना शिक्षक सम्मिलित हुनुहुन्थ्यो । शैक्षिक भ्रमणको संयोजन भुवन घिमीरेले गर्नुभएको थियो ।

शैक्षिक भ्रमणमा सहभागी विद्यार्थी टोलीले भैरहवामा रहेको नेपालको पहिलो अष्ट्रिच फार्मको निरीक्षण गरि त्यहाँ पालिएका अष्ट्रिच र इमु जातका चराको बारेमा पनि जानकारी लिएको थियो ।

यसैगरि शिक्षक विद्यार्थीहरुले नेपाल भारतको सिमानामा रहेको सुनौली बजार पनि घुमेको विद्यालयका शिक्षक विष्णुभक्त राईले बताउनुभयो । ‘पहिलोपल्ट विद्यार्थीहरुले नेपाल र भारतको सिमाना पनि देखें’—उहाँले भन्नुभयो ।

काठमाडौं फर्किने क्रममा विद्यार्थीहरुलाई चौधरी ग्रुपले नवलपरासीमा बनाएको नयाँ पर्यटकियस्थल तथा धार्मिकस्थल शास्वतधाम पनि भ्रमण गराइएको भ्रमण संयोजक भुवन घिमिरेले बताउनुभयो ।

विद्यालयका संस्थापक प्रिन्सिपल उत्तरकुमार राईका अनुसार आगामी चैतमा माद्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गरिरहेका विद्यार्थीहरुलाई पुर्नताजगी र मनोरञ्जनको लागि लुम्बिनीलगायतका ठाउँको भ्रमणमा लगिएको होे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन