जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन उपलब्ध गराउन सांसद केसीको माग

काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रूपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाए । उनले सो प्रतिवेदन सबै सांसदहरूलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए ।

उनले भने, ‘भाद्र २३ र २४ को नरसम्हार र विध्वंशको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृ्रत्वको जाँचबुभ आयोगको प्रतिवेदन बुझाइ सकिएको छ,’ ‘तर उक्त दस्तावेज अझै औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरूलाई उपलब्ध गराइसोस् भन्ने माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ जेठ । वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।  आज बिहान करिब ७ः२५ बजे

काठमाडौँ, ४ जेठ । सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

काठमाडौँ, ४ जेठ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुद्रवेणीबाट चेमीतर्फ

काठमाडौँ, ४ जेठ । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको