काठमाडौँ, ४ जेठ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका उठेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले बिल सार्वजनिक गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘सरकारका मन्त्रीहरूको त्यति धेरै सुन कहाँबाट आयो ? बिलबिना सुन किनबेच हुँदैन, बिल सार्वजनिक गर्न माग गर्छु’ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को परिवारसँग मात्रै १८९ तोला सुन रहेको विवरणमा उल्लेख छ । अरू सबैजसो मन्त्रीको समेत ठुलो मात्रामा सुनको सञ्चिति देखिएको छ ।





