सीमामा कडाइ गर्न किम जोङ उनकाे निर्देशन

एजेन्सी, ४ जेठ । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग जोडिएको सीमा क्षेत्रलाई थप सुदृढ बनाउँदै ‘अभेद्य किल्ला’ मा रूपान्तरण गर्न सेना नेतृत्वलाई निर्देशन दिएका छन् ।

युक्रेन युद्ध र मध्यपूर्वमा देखिएका आधुनिक युद्ध रणनीतिबाट प्रभावित उत्तर कोरियाले अब सीमाक्षेत्रको सुरक्षा संरचनालाई नयाँ ढङ्गले पुनर्गठन गर्ने सङ्केत दिएको विश्लेषकहरूले बताएका छन् ।

आइतबार आयोजित उच्चस्तरीय सैन्य बैठकमा किमले अग्रपङ्क्तिका सैनिक एकाइहरूलाई बलियो बनाउने तथा युद्ध रोकथामका लागि सैन्य तयारीमा ‘ठूलो परिवर्तन’ आवश्यक रहेको बताए । सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले सार्वजनिक गरेका तस्बिरहरूमा किम पूर्ण सैनिक पोशाकमा उच्च सैन्य अधिकारीहरूको बैठकको अध्यक्षता गरिरहेको देखिएको छ ।

बैठकमा किमले कमान्डरहरूलाई ‘कट्टर शत्रु’ विरुद्धको दृष्टिकोण अझ कडा बनाउनुपर्ने बताएका थिए । यद्यपि समाचारमा कुनै देशको नाम उल्लेख नगरिए पनि यसलाई स्पष्ट रूपमा दक्षिण कोरियातर्फ लक्षित सन्देशका रूपमा हेरिएको छ ।

केसीएनएका अनुसार किमले ‘युद्धलाई अझ प्रभावकारी रूपमा रोक्न’ अग्रपङ्क्तिका एकाइहरू तथा सैन्य–प्राविधिक पक्षसँग सम्बन्धित अन्य प्रमुख संरचनाहरूलाई थप सशक्त बनाउने योजनालाई महत्त्वपूर्ण निर्णयका रूपमा प्रस्तुत गरेका थिए । उनले दक्षिणी सीमाक्षेत्रमा तैनाथ सैनिक संरचनालाई पुनर्गठन गर्दै सीमारेखालाई ‘अभेद्य किल्ला’ मा बदल्ने सत्तारूढ दलको नीतिबारे पनि चर्चा गरेकाे बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ जेठ । वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।  आज बिहान करिब ७ः२५ बजे

काठमाडौँ, ४ जेठ । सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

काठमाडौँ, ४ जेठ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुद्रवेणीबाट चेमीतर्फ

काठमाडौँ, ४ जेठ । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको