रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश

काठमाडौँ, ४ जेठ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट दर्ता गर्न आदेश दिएकी छन् ।

यसअघि कानुन व्यवसायीहरुले दर्ता गर्न ल्याएको रिट दरपीठ गरेको र दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि नगरेको कानुन व्यसायीको गुनासोपछि कामु प्रधानन्यायाधीश मल्लले रिट दर्ता गर्न आदेश दिएकी हुन् ।

उनले आजै एक बजेभित्र सबै रिट निवेदनहरु तथा दरपीठ आदेश उपरको निवेदन समेत दर्ता गरी भोलि जेठ ५ गते मंगलबारको तारेख तोकी पेशीमा चढाउन समेत आदेश दिएकी छन् ।

यसअघि संवैधानिक परिषद बैठकले चौथो बरियताका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीहरुले रिट दायर गर्न खोजेका थिए । तर सर्वोच्च अदालतले सो रिट दरपीठ गरिदिएको थियो । रिट दरपीठ विरुद्ध पनि रिट दायर गर्न खोज्दा मुख्य रजिष्ट्रारले अस्वीकार गरेको गुनासो कानुन व्यवसायीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आएको स्वीकार गर्दै अब वैचारिक

काठमाडौँ, ११ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको

जनकपुरधाम, १० साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण देशमा भाँडभैलो मच्चिएको आरोप

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरुमा एमाले र नेकपाबीच जुटेको सत्ता सहकार्यबारे कुनै नकारात्मक टिप्पणी