एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, ४ जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । 

कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।

११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन् । यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँट गर्ने तयारी छ ।

आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्ने ती पदाधिकारीले जानकारी दिए । यसका साथै बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुमबासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला कामकारबाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ जेठ । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय

काठमाडौँ, ४ जेठ । सरकारले देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ

काठमाडौँ, ४ जेठ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले हाल विभिन्न शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका

भक्तपुर, ३ जेठ । ‘आजको फोहोर, भोलीको लागि रोग बन्न सक्छ’ भन्ने सचेतनामुलक सन्देशलाई अंगीकार गर्दै घरमात्र होइन, समाज नै