अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो

काठमाडौँ, ४ जेठ । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार अब ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ५ सय १५ रुपैयाँ र मध्यमको ४८५ रुपैयाँ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ ।

यसअघि ठूलो अण्डा प्रतिक्रेट ४ सय ८५ रुपैयाँ र मध्यम अण्डा ४ सय ३५ रुपैयाँ थियो । दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका  कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ जेठ । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय

काठमाडौँ, ४ जेठ । सरकारले देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ

काठमाडौँ, ४ जेठ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले हाल विभिन्न शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका

भक्तपुर, ३ जेठ । ‘आजको फोहोर, भोलीको लागि रोग बन्न सक्छ’ भन्ने सचेतनामुलक सन्देशलाई अंगीकार गर्दै घरमात्र होइन, समाज नै