जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विश्वास नै राजनीतिक शक्रिको सबैभन्दा ठूलो शक्ति भएको बताएकी छन् ।

आज ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टी र जनताबीच दुरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुने बताइन ।

उनले भनिन्, ‘जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ,’ ‘राजनीति जनसेवा र समाज रुपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले क्रियाशील हुनैपर्दछ ।’

उनले मदन–आश्रितको स्मृतिको अवसरमा आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न प्रेरणा लिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ जेठ । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको

काठमाडौँ, ३ जेठ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ

काठमाडौँ, ३ जेठ । पछिल्लो २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ३ जेठ । कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा