कङ्गोमा इबोला भाइरस : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा

एजेन्सी, ३ जेठ । कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट ज्यान गुमाउनेको सङ्ख्या ८० जना पुगेको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयले ८० जनाको ज्यान गएको जनाएको हो । 

स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको आठ वटा प्रारम्भिक घटना पुष्टि गरेको बताएका छन्  ।

कम्तिमा २४६ वटा शङ्कास्पद नमुनामा निगरानी भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था क्युएनएले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले इबोलालाई विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ, तर डब्लूएचओले महामारी भने भनेको छैन । 

कङ्गोसँग जोडिएको युगान्डामा इबोलाको एउटा केस फेला परेको र केन्याले सबै प्रवेश बिन्दुमा निगरानी कडा पारेको छ । इबोला भाइरसबाट सङ्क्रमित बिरामीमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्मको ज्यान जाने गरेको छ । 

यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा फेला परेको थियो । सङ्क्रमित व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट रोग सर्ने गर्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३ जेठ । पश्चिम एसियामा जारी तनावबीच भारत सरकारले सुनपछि चाँदी आयातमा पनि थप कडा नीति अवलम्बन गरेको छ

एजेन्सी, ३ जेठ । इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ ।  जहाजहरूले अनुमति, दर्ता र

एजेन्सी, ३ जेठ । उत्तरी इटालीको मोडेना शहरमा एक व्यक्तिले आफ्नो कार पैदल यात्रीहरूको भीडमा लगेर ठक्कर दिँदा ८ जना घाइते भएका छन्

एजेन्सी, २ जेठ । चीनले ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक शुक्रबार अन्तरिक्षमा पठाएको छ । यो रकेट